सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : लुम्बिनीमा मतदान सकियो, १६३१ मत खस्यो

शनिबार, १८ मङ्सिर २०७८, १९ : ५९
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान सकिएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ करिव ६ सकिएको हो ।  मतदानमा  कुल १ हजार ६३१ मत खसेको छ । लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६४८ मतदाता रहेको  निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।

प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समूहबाट भरतकुमार शाह र देउवा इतर समूहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् ।  मतगणना कति  बेलादेखि गर्ने भन्ने बिषय छलफल भइरहको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप