बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपाको एक भ्रातृ संगठनले किन गर्‍यो एकता महाधिवेशन बहिष्कार ?

शनिबार, १८ मङ्सिर २०७८, १९ : ४५
शनिबार, १८ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै उत्थान संघले राप्रपाको महाधिवेशन बहिष्कार गरेको छ । संघ राप्रपाको भ्रातृ संगठन हो । 

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले पार्टी एकीकरणपश्चात् उत्पीडित समूदायलाई दिइएको ३ वटा कोटा पर्याप्त नरहेको भन्दै महाधिवेशन बहिष्कार गरेको जानकारी दिएको हो ।  कार्यक्रममा बोल्दै राष्ट्रिय संघका अध्यक्ष ऋषिबाबु परियारले हिन्दु धर्मभित्र रहेका विकृति र विसंगतिले दिन प्रतिदिन धर्म कमजोर भइरहेको भन्दै यस्ता समस्याहरुलाई अन्त्य नगरेसम्म हिन्दुधर्म बलियो बन्न नसक्ने धारणा राखेका थिए । 

साथै, उनले यस्ता समस्याको समाधान गर्नको लागि राज्यपनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । यस्तै, उनले ३ वटा पार्टीको एकीकरणपश्चात् संगठनको आकार पनि बढेको भन्दै उत्पीडित समुदायलाई दिइँदै आएको ३ वटा कोटा पर्याप्त नभएको बताएका थिए । 

उनले मुलुकमा ७० लाखको हाराहारीमा रहेका दलित समुदाय र पछाडि परेका उत्पीडित वर्गलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन नसकेसम्म राष्ट्रिय विकासले गति लिन नसक्ने पनि धारणा राखे । उक्त कार्यक्रममा सहभागीहरुले राष्ट्रले दिएको अधिकार पनि पार्टीले बञ्चित गरेको भन्दै दुःख व्यक्त गरेका थिए ।  

अध्यक्ष परियारले आफूले तीन वटा पार्टीबीच एकता भएपछि राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनहरुलाई समायोजन गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको सुनाए । तर, अहिले पार्टीले महाधिवेशनमा आफूहरुको प्रतिनिधित्व अत्यन्तै कमजोर रुपमा गराएको भन्दै उनले असन्तुष्टि पोखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप