एक क्विन्टल गाँजासहित ३ जना पक्राउ
महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए ।
सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक क्विन्टल गाँजा प्याकिङ गरिरहेको अवस्थामा तीनै जनालाई गाँजासहित पक्राउ गरिएको जनाइएको छ ।
गाँजासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु