काँग्रेस बागमती निर्वाचन : ६१ प्रतिशत मत खस्यो
नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा शनिबार रातिसम्म करिब ६१ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुल २१५० जना मतदाता रहेको बागमती प्रदेशमा १३२५ ले मतदान गरेका हुन् । निर्वाचन समितिले राती १० बजे सम्म मतदानको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ ।
कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । मतदानस्थल वरपर टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री हटाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदाताहरु लामबद्ध भएर मतदान प्रक्रियामा सहभागि भइरहेका छन् ।
प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरलाई सबैभन्दा सफा सहर बनाउँछौँ : प्रमुख महर्जन
-
ट्रम्प र टिकटकका सीईओबिच भेटघाट, के भयो कुराकानी ?
-
कैलालीका ५ पालिकामा माओवादीको सम्मेलन सम्पन्न, केहीमा विवाद
-
उमागौरी कृषि सहकारी ठगी प्रकरण : पीडित थुनामा, कसुरदार फरार
-
विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा फेरि अस्मिता भण्डारी
-
निर्माता बन्ने विषयमा के भन्छिन् आँचल ?