आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस बागमती निर्वाचन : ६१ प्रतिशत मत खस्यो

शनिबार, १८ मङ्सिर २०७८, १९ : ३२
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा  शनिबार रातिसम्म करिब ६१ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुल २१५० जना मतदाता रहेको बागमती प्रदेशमा १३२५ ले मतदान गरेका हुन् ।  निर्वाचन समितिले  राती १० बजे सम्म मतदानको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ ।

कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । मतदानस्थल वरपर टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री हटाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदाताहरु लामबद्ध भएर मतदान प्रक्रियामा सहभागि भइरहेका छन् ।

प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप