बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुलुकमा एमाले नामको अर्को राप्रपा थपियो : पञ्चा सिंह

शनिबार, १८ मङ्सिर २०७८, १९ : २६
शनिबार, १८ मङ्सिर २०७८

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले चितवन महाधिवेशनपछि मुलुकमा एमाले नामको अर्को राप्रपा थपिएको टिप्पणी गरेकी छन् ।  शनिवार चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।

अध्यक्ष सिंहले ईश्वर पोखरेल र कमल थापाहरुको स्वर मिल्नु केवल संयोग मात्र नभएको भन्दै चितवन अधिवेशनपछि एमालेमा पञ्चायत प्रेम बढ्दै गएको तर्क गरिन् । केहि दिनअघि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरुमा सहकार्य गर्न सकिने भनि दिएको अभिव्यक्तिप्रति  प्रतिकृया दिँदै सिंहले पोखरेल र थापाहरुको स्वर मिल्नु संयोग मात्र नभएको बताइन् ।

सिंहले मिडिया क्षेत्रलाई आधुनिक गोयबल्सहरुबाट जोगाउन अझै मेहनत गर्नुपर्नेमा जोड दिइन् ।  उनले राम्रो कामको प्रचार छाडेर कतिपय मिडियाहरूले  केपी वलिका उडन्ते र हावादारी समाचारलाई हेडलाइन बनाइरहेको बताउँदै यसले समाजमा नकरात्मकता छरिरहेको बताइन् । 

हिजो जनयुद्धका कठिन दिनहरुमा ज्यानको बाजी  थापेर जनताको आवाज बनेका क्रान्तिकारी पत्रकारहरुले अहिले गम्भिर हुने बेला आएको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप