शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको मतदान लम्बियो, राति अबेरसम्म मतदान हुने

शनिबार, १८ मङ्सिर २०७८, १९ : ०९
शनिबार, १८ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएको छ । शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले रातोपाटीलाई जानकारी दिए ।  उनका अनुसार सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्ने देखिएको छ । ‘मतदान प्रक्रिया चलिरहेको छ । यही गतिमा अघि बढे राति १ बजेसम्म सकिन्छ होला’, उनले भने । 

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता ४ हजार ४६९ रहेका छन् । यसअघि संख्या धेरै भएपनि दावी विरोधपछि निर्वाचन समितिले मतदानको अधिकार पाउने मतदाताको संख्या घटाएको थियो ।  राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी दौडमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप