एमाले इलामको अध्यक्षको जिम्मेवारी बस्नेतलाई

नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो ।
एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केसी नेकपा एकीकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफेर गरेको छ ।
एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङलाई तोकेको छ । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ । बुद्धिजीवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा.देवी क्षेत्री दुलाललाई सुम्पेको छ । यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङले जानकारी दिए ।
यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको इन्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इन्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नम्बर २ को इन्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै
-
ज्ञानेन्द्रका तर्फबाट गोकर्ण र कृष्णगोपालले लगेका थिए माधवसमक्ष प्रधानमन्त्रीको प्रस्ताव
-
कोशीमा ई–ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु
-
पूर्व मिस नेपाल अस्मीले कसिन् लगनगाँठो