बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वली हत्या प्रकरण : ४ जनालाई जन्मकैदको सजाय

शनिबार, १८ मङ्सिर २०७८, १८ : २२
शनिबार, १८ मङ्सिर २०७८

दाङमा दुई वर्षअघि एक युवकको हत्या गरेको ठहर गर्दै चार जना युवालाई जिल्ला अदालत दाङले जन्म कैदको सजाय सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।  

न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।  तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई दोषी ठहर गदै उक्त फैसला सुनाइएको अदालतले जनाएको छ । २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समूहले खुकुरी प्रहार गरी  वलीको हत्या गरेको थियो । 

सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम् मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ । अभियुक्त ठकुरीले यसअघि २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको आरोप लागेको र त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधार गृह पठाएको दाङ प्रहरी जनाएको छ । तर, उनी सुध्रिनुको साटो विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको र त्यही अन्तरगत वलीको हत्या सम्मको घटना भएको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप