ad
x

एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

person explore access_timeमंसिर १८, २०७८ chat_bubble_outline0

नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।


बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशाैँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो । एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफरेर गरेको छ । 



एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङ्गलाई तोकेको छ । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ । बुद्धिजिवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा. देवी क्षेत्री दुलाललाई सुम्पेको छ । यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङ्गले जानकारी दिए । 

यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय  नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नम्बर २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।