काँग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १ हजार १४६ मत खसेको छ । गण्डकी प्रदेशमा कूल १ हजार १६५ जना मतदातामध्ये १ हजार १४६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान गर्ने अधिकार भएका १९ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् ।
प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्यानलसहितको चुनावी प्रतिस्पर्धामा छन् । संस्थापन पक्षबाट सभापतिमा पर्वतका अर्जुन प्रसाद जोशी र संस्थापन इतर पक्षबाट कास्कीका शुक्रराज शर्माले उम्मेदवारी दिएका थिए ।
सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् । संस्थापन पक्षका सभापतिमा अर्जुन जोशीको प्यानलबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।
महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी बनेका छन् । सह महामन्त्रीमा राजन राज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।संस्थापन इतरबाट उपसभापतिमा बागलुङका हरिप्रसाद श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।
मतगणना आज साँझबाट ८ बजेबाट पोखरा उद्योग वाणिज्य संघमा गरिने नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले जानकारी दिए । तीन वटा ग्रुप बनाएर मतगणना गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने