शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कम्तीमा एक मात्रा कोरोनाविरुद्धको खोप लगाउने १ करोड बढी

थप २३८ जनामा सङ्क्रमण पुष्टि
शनिबार, १८ मङ्सिर २०७८, १६ : २५
शनिबार, १८ मङ्सिर २०७८

देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२०  र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप