शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

शनिबार, १८ मङ्सिर २०७८, १५ : ५८
शनिबार, १८ मङ्सिर २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको वेवास्ताका कारण दुलेगौडा हर्कपुर मोटरमार्गमा ढिलाई भएको आपत्ति जनाइन् ।

वडाध्यक्ष रामकुमार श्रेष्ठले वडा कार्यालय भवन निर्माण भएपछि वडाबाट सहज र सरल रुपमा जनतालाई सेवा दिन सजिलो भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप