शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता सुनको मूल्य ६०० रुपैयाँले घट्यो

शनिबार, १८ मङ्सिर २०७८, १५ : ३८
शनिबार, १८ मङ्सिर २०७८

यो साता सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो । जुन, प्रतितोला ६०० रुपैयाँको गिरावट हो । यसैगरी, गत साताको शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९० हजार ८०० रुपैयाँमा आइपुगेको छ । 

साताको पहिलो कारोबार दिन आइतबार मूल्य बढेर कारोबार खुलेपनि त्यस पछाडिका दिनमा निरन्तर मूल्य घटिरह्यो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य पनि यो साता घटेको छ । हिजो शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो । यो, साताभर चाँदीको मूल्यमा आएको ३५ रुपैयाँको गिरावट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप