बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्तिक आयल उद्योग बन्यो उत्कृष्ट निर्यातकर्ता

शनिबार, १८ मङ्सिर २०७८, १४ : ५८
शनिबार, १८ मङ्सिर २०७८

के.एल.दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज  उत्कृष्ट निर्यात कम्पनी बनेको छ । इण्डष्ट्रिजले आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक करिडोरबाट सर्वाधिक निर्यात गरेर उत्कृष्ट कम्पनी बनेको हो ।

मोरङ व्यापार संघले आफ्नो ६५ औं वार्षिक साधारणसभामा कम्पनीले उक्त सम्मान प्रदान गरेको हो । संघले सर्वाधिक निर्यात गरेर मुलुकको व्यापार घाटा न्युनिकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएकोले उक्त कम्पनीलाई सम्मान गरेको जानकारी दिएको छ । 

कम्पनीलाई अर्थमन्त्री जनार्दन शर्माले कम्पनीका सञ्चालक विकास दुगडलाई सम्मान प्रदान गरेका हुन् । उद्योगले स्वस्तिक सोयाविन तेल, धारा हेल्थ सनफ्लावर तेल, सन फ्लो सन फ्लावर तेल जस्ता गुणस्तरीय तेल उत्पादन गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप