बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : महोत्तरी–३ का मतदान अधिकृतले दिए राजीनामा

शनिबार, १८ मङ्सिर २०७८, १३ : ५६
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनका मतदान अधिकृतले राजीनामा दिएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिकरुपमा प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै उनले आपत्ति जनाउँदै  मतदान अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएका हुन् । 

गत मङ्सिर १५ मा सहमतिमार्फत क्षेत्रीय अधिवेशन गर्ने सहमति भए पनि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन अन्तर्गत बन्द सत्र स्थगित गरेको थियो । बन्द सत्रको क्रममा होहल्लापछि स्थगित गर्नु परेको मतदान अधिकृत मण्डलले जनाए ।

 उनले एक विज्ञप्तिमा शुक्रबार साँझ एक समूहले जनकपुरधाम वडा नम्बर ८ बाट घरबाट अपहरण गरेर आफूखुसी अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै सो प्रमाणपत्र रद्द गर्नुपर्ने माग गरेका छन् । त्यहाँ आफूले क्षेत्रीय अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएको मण्डलले स्पष्ट पारेका छन् । महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन भइसकेको छ । महोत्तरीको क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भएका छन्  । 

यसअघि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को अधिवेशन क्रममा गत बुधबार झडपसमेत भएको थियो । काँग्रेसका उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो । महोत्तरी क्षेत्र नम्बर ३ बाट मनोज झा, राघवेन्द्र झा र रामु यादव सभापतिका आकाङ्क्षी उम्मेदवार छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि पक्षधर छन् भने राघवेन्द्र रामचन्द्र पौडेल पक्षका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप