शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेसको प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित

शनिबार, १८ मङ्सिर २०७८, १३ : १३
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भएपनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ ।  प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अधिवेशन स्थगित गरेको निर्वाचन समिति सदस्य अरुण यादवले बताए । सर्लाहीका चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहरूको नामावली आउन सकेको छैन । 

त्यसैगरी, सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन  । निर्वाचन टोलीले त्यहाँ पुगेर निर्वाचनको वातावरण बनाइसकेको र आइतबार सम्ममा जिल्लाका सबै तहका अधिवेशन सम्पन्न हुने सम्भावना रहेको निर्वाचन समिति सदस्य यादवले बताए । रौतहट अन्य सबै क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि  क्षेत्र नम्बर ४ का प्रतिधिनिहरूको नामावली शनिवार १२ बजेसम्मसम्म पनि प्राप्त हुन नसकेको उनले बताए । शनिवार रातीसम्म सर्लाही बाहेक सबै जिल्लाका नामावली प्राप्त हुने सम्भावना रहेको बताउँदै निर्वाचन सदस्य यादवले भने, ‘२० मंसिरसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुे भएकोले आइतबारदेखि मनोयन दर्ता सुरु हुनेछ ।’ 

प्रदेश अविधेशनमा शेरबहादुर देउवा समूहबाट रौतहट सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कार्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कर्णले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र सशंका कोइराला समूहको आफ्नो समर्थन रहेको बताए ।

यता, काँग्रेसका युवा नेता तथा प्रदेश उपसभापतिका उम्मेदवार प्रफुल घिमिरेले सबै क्षेत्रलाई समेट निर्वाचन गराउनु पर्ने माग गरेका छन् । प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिधिनि, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय सदस्य गरी एक हजार आठ सय ८८ जना मतदाता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप