शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा काँग्रेस अधिवेशन : उम्मेदवारहरूको लापरबाहीले एक घण्टा पछि सर्‍यो मतदान

शनिबार, १८ मङ्सिर २०७८, १२ : ५९
शनिबार, १८ मङ्सिर २०७८

कर्णाली प्रदेशमा निर्वाचन कार्यतालिका अनुसार मतदान प्रक्रिया शुरु हुन सकेको छैन ।  आज दिउँसो १२ बजेदेखि शुरु हुने भनिएको मतदान कार्यक्रम  उम्मेदवारहरूको लापरबाहीका कारण एक घण्टा ढिलो हुन पुगेको हो। 

निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको थियो । तर, उम्मेदवारहरूलाई मतपत्र डिजाइनका लागि बोलाइएको समयभन्दा ढिलो उपस्थित भएकाेले मतदान प्रक्रिया ढिलो भएको बताइएको छ ।

निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतका अनुसार उम्मेदवारहरूलाई मतपत्र डिजाइनको लागि बिहान ७ बजे उपस्थित हुन भनिएको थियो। उनले भने, ‘तर, उम्मेदवारहरू समयको वास्ता नै नगरी ९ बजेमात्र उपस्थित भए। हामीले डिजाइन गरेका मतपत्रमा केही त्रुटी हुनपुग्यो । अहिले मतपत्र छापिँदैछ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप