ad
x

भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सकियो

person explore access_timeमंसिर १८, २०७८ chat_bubble_outline0

भक्तपुर जिल्लाको सबै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को अधिवेशन सकिएको छ । माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष देवीप्रसाद (डीपी) ढकालका अनुसार शुक्रबारबाट सबै नगर कमिटीको बन्दसत्र सकिएको हो । 
सबै नगर कमिटीमा ६५ सदस्यीय कार्य समिति चयन गरिएको छ ।


जसमा चाँगुनारायण नगर कमिटीका अध्यक्षमा नरेश खड्का, उपाध्यक्षमा रामकुमार तामाङ, विनोद लामिछाने, सुमन दाहाल, सचिवमा चण्डिका लामिछाने, सहसचिवमा श्याम श्रेष्ठ र कोषाध्यक्षमा जगन्नाथ खत्री चयन भएका छन् । 



भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल, नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो सहसचिवमा विकाश कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला सर्वसहमत चयन भएका छन् । 




जिल्ला कमिटीका अध्यक्ष ढकालकाअनुसार सूर्यविनायक नगर कमिटीको अध्यक्षमा सानुकान्छा आलेमगर,उपाध्यक्षमा जोवन तामाङ, राजेन्द्र कार्की, जुजुभाई राजथला, सचिवमा सनिश लागेजु, सहसचिवमा नरेश वाइवा, कोषाध्यक्षमा मिना कार्की रहेका छन् । 



त्यसगरि मध्यपुरथिमि नगर कमिटीको अध्यक्षमा बिजयकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजन आलेमगर, भरत धोँ, विकेश श्रेष्ठ सचिवमा शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति, कोषाध्यक्षमा जगतमाया प्रजापति चयन भए । 



पार्टीको विधानअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ६५ जनाको कार्य समिति गठन गरिएको ढकालले बताए ।  मंसिर २५ गते प्रदेशको सम्मलेन र पुष ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मलेन गर्ने माओवादी केन्द्रको तयारी रहेको छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X