शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा काँग्रेस अधिवेशन : जोशी र शर्माबीच कडा प्रतिस्पर्धा

शनिबार, १८ मङ्सिर २०७८, १२ : ३०
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापति सहितका पदाधिकारीका लागि पोखराको प्रदर्शन केन्द्रमा मतदान चलिरहेको छ । प्रदेश सभापति सहितका पदाधिकारीका लागि जारी मतदानमा नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका छन् । 

गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेश कार्यसमिति चयनका लागि प्रदेशभरका १०८५ प्रतिनिधिले मतदान गर्दैछन् । मतदानस्थल बाहिर उम्मेदवार समर्थकहरुले हुटिङसहितको उम्मेदवारको पक्षमा नाराबाजी गरिरहेका छन् ।

गण्डकी प्रदेशमा संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहितको प्रतिस्पर्धामा छन् । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा छ । काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रदेश समितिको सभापतिका लागि संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र इतर पक्षबाट शुक्रराज शर्मा नेतृत्वको प्यानलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचनमा संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् । संस्थापन इतरबाट उपसभापतिमा बागलुङका हरिप्रसाद श्रेष्ठ र स्याङजाकी कल्पना तिवारी उमेदवार बनेका छन् । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप