मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा पनि मतदान सुरु

शनिबार, १८ मङ्सिर २०७८, १२ : ०९
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।  निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो  मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।  संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप