ad
x

कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु

person explore access_timeमंसिर १८, २०७८ chat_bubble_outline0

शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु भएको छ ।  श्री भवानीदल गण (शान्ति सेना) २७ औँ डफ्फालाई बदली गर्नको लागि श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी वसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् । 


कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप अदलीबदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ । 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X