आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भिजिबिलिटी कम हुँदा उडान प्रभावित, एउटा जहाज लखनउ डाइभर्ट

शनिबार, १८ मङ्सिर २०७८, १० : १८
शनिबार, १८ मङ्सिर २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । भिजिबिलटीका कारण उडान र अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

त्रिभुवन विमानस्थलमा ल्याण्ड हुनुपर्ने फ्लाई दुबईलाई भारतको लखनउ विमानस्थलमा डाइभर्ट गरिएको छ । नेपाल एयरलायन्स ९ बजेर ३० मिनेटमा  दिल्लीका लागी उडेको छ । लामो समय आकाशमा होल्ड भएपछि अलजजिराको विमान ल्याण्ड गराएको छ । 

अहिले ११ सय भन्दा माथि भिजिबिलीटी देखिएको छ तर, अवतरणमा समस्या कायमै रहेको विमानस्थलका एकजना अधिकृतले रातोपाटीलाई बताए ।  आन्तरिकतर्फ कुनै पनि विमान उडेका छैनन् ।  विमानस्थलमा यात्रुको चाप बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप