शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओमिक्रोन १० दिनभित्रै ३५ देशसम्म पुग्यो, यसबाट बच्न के गर्ने ? यसबारे ६ जानकारी

शनिबार, १८ मङ्सिर २०७८, ०९ : ३२
शनिबार, १८ मङ्सिर २०७८

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि कर्नाटकमा पनि बिहिबार यसका दुईजना संक्रमित भेटिएका छन् । हालसम्म नेपालमा भने यसबारे केही जानकारी छैन । २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित पुष्टि भएपछि ३ डिसेम्बरसम्म अर्थात् १० दिनभित्रै यो नयाँ स्ट्रेन ३५ वटा देशसम्म फैलिसकेको छ । संसारभरी यसका करिब चारसय संक्रमित भेटिएका छन् ।

भारत र नेपालमा दोस्रो लहरका लागि डेल्टा भेरियन्ट जिम्मेवार ठानिएको थियो । नयाँ भेरियन्टको संक्रामकताको विषयतमा विज्ञले चेतावनी पनि जारी गरिसकेका छन् । कतिले ओमिक्रोन डेल्टाभन्दा १० गुणा बढी गतीमा फैलन सक्ने बताएको छ । नयाँ भेरियन्टको विषयमा संसारभरी डरको स्थिति छ र एकपटक पुनः प्रतिबन्धको स्थिति निम्तिएको छ ।

१. ओमिक्रोन के हो र यसलाई भेरियन्ट अफ कन्सर्न किन बताइयो ?

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस २४ नोभेम्बर सन् २०२१ मा दक्षिण अफ्रिकामा भेटियो । विश्व स्वास्थ्य संगठनले यसको परीक्षण पश्चात् यसलाई भेरियन्ट अफ कन्सर्नको श्रेणीमा राखेको छ । सुरुवाती रिपोर्ट अनुसार ओमिक्रोन विभिन्न देशमा कहर निम्त्याइसकेको डेल्टा भेरियन्टभन्दा असाध्यै तीब्र रुपमा म्युटेशन गर्ने भेरियन्ट हो ।

हालसम्म ओमिक्रोनको ५० पटक म्युटेशन भइसकेको छ जसमध्ये ३० वटा त यसको स्पाइक प्रोटिनमा भएको छ । स्पाइक प्रोटिन मार्फत् नै कोरोना भाइरस मानिसको शरीरमा प्रवेश हुने गर्छ । यसको तुलनामा डेल्टाको स्पाइक प्रोटिनमा १८ वटा म्युटेशन भएको थियो ।

ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेनमा पनि १० म्युटेशन भइसकेको छ जबकी डेल्टा भेरियन्टमा २ वटा मात्रै म्युटेशन भएको थियो । रिसेप्टर बाइन्डिङ डोमेन भाइरसको त्यो हिस्सा हो जुन मानिसको शरीरको सेलमा सबैभन्दा पहिले सम्पर्कमा आउँछ ।

२. के हालका प्रविधि र तरिकाले नै ओमिक्रोनको पहिचान सम्भव छ ?

डब्ल्यूएचओका अनुसार कोभिडको नयाँ भेरियन्टको पहिचानका लागि हालको परीक्षण विधि आरटी पिसिआर सही छ । आरटी पिसिआर विधि शरीरमा भाइरसको विशिष्ट जिनबारे पत्ता लगाउने गर्छ जस्तै स्पाइक (एस), इनवेलप्ड (ई) र न्यूक्लियोकेप्सिड (ए) । ओमिक्रोनमा स्पाइक जीन असाध्यै धेरै म्युटेट हुन्छन् । यस्तोमा यसको पहिचान सहज हुन्छ । यद्यपि, यसको पूर्ण पुष्टिका लागि जिनोम सिक्वेन्सिङ आवश्यक छ ।

३. नयाँ भेरियन्टको विषयमा सतर्क रहन कति आवश्यक ?

डब्ल्यूएचओले विभिन्न अनुसन्धानपछि ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न श्रेणीमा राखेको छ । अर्थात्, यो भेरियन्ट तीब्र गतिमा फैलिन्छन् । ओमिक्रोन भेरियन्टको म्युटेशन, फैलने गति र प्रतिरोधी क्षमतालाई प्रभावित गर्ने क्षमतालाई देखेर नै यसलाई यो श्रेणीमा राखिएको हो ।

भ्याक्सिन बनाउने कम्पनी मोडर्न र थुप्रै विज्ञले ओमिक्रोन भेरियन्टमा हालको भ्याक्सिन प्रभावकारी नुहन सक्ने बताइसकेका छन् । यसबारे विभिन्न प्रकारको दाबी छ तर हालको व्यवस्था अन्तर्गत नै यसलाई रोक्ने काम गरिँदैछ । यद्यपि, थुप्रै कम्पनी यसको बुस्टर डोजका लागि पनि काम गरिरहेका छन् । यद्यपि, थुप्रै प्रश्न अहिले पनि छन् जसमाथि अनुसन्धान जारी छ ।

४. हामीले कस्ता सावधानी अपनाउनुपर्छ ?

खोप अभियानलाई तीब्र्रता र परीक्षणको प्रक्रियालाई द्रूत गति दिएर यो भेरियन्ट बढ्नबाट रोक्न सकिने विज्ञ बताउँछन् । राम्रो तरिकाले मास्क लगाउनुका साथै सामाजिक दुरी, भीडभाडयुक्त स्थानबाट टाढै रहने र घर–अफिसमा राम्रोसँग भेन्टिलेशन बनाउनु यसबाट बच्ने सबैभन्दा उत्कृष्ट तरिका हो ।

५. कोरोनाको तेस्रो लहर आउला ?

दक्षिण अफ्रिकापछि नयाँ भेरियन्ट ३४ देशसम्म पुगिसकेको छ । यो रोगको गम्भीरता अहिलेसम्म स्पष्ट छैन । त्यसैले यो कति खतरनाक हुनसक्छ यसबारे अहिले नै भन्न सकिन्नँ । भारतमा पनि यसका दुई संक्रमित भेटिइसकेका छन् त्यसैले यो नेपालमा पनि भित्रिने सम्भावना प्रचुर छ ।

६. के हालका भ्याक्सिन ओमिक्रोनविरुद्ध प्रभावकारी छन् ?

विज्ञका अनुसार कोरोना महामारी रोक्नका लागि हालका भ्याक्सिन प्रभावकारी छन् । ओमिक्रोन स्पाइक प्रोटिनमा असाध्यै धेरै म्युटेशन भइरहेको छ, यस्तोमा केही वैज्ञानिकले हालका भ्याक्सिन सायद नयाँ भेरियन्टमा प्रभावकारी नहोला भन्नेमा शंका पनि व्यक्त गरेका छन् । भ्याक्सिनको प्रभावकारिताको विषयमा अहिले अनुसन्धान चलिरहेको छ ।

यद्यपि, विज्ञले केही नभएको स्थितिमा भ्याक्सिनले मानिसहरुलाई नराम्रो स्थितिमा जानबाट रोक्न सक्षम भएको बताउने गरेका छन् । अर्थात् खोप लगाएपछि मृत्युको खतरा निकै कम हुन्छ । त्यसैले सबैले खोप भने लगाउनुपर्ने विज्ञले बताउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप