बेलायतमा दैनिक संक्रमण ५० हजार बढी, ४२ जनामा ‘ओमिक्रोन’ पुष्टि

बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोनलाई नियन्त्रण गर्न सरकारलाई थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ । आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि नियमलाई पुनर्विचार गर्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म ४२ जनामा नयाँ भाइरस ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।
पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार माथी रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको शुक्रबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।
यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४३ जनाको गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८३१ जना संक्रमितको ज्यान गएको छ । यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४५ हजार ४२४ पुगेको छ ।
बेलायतमा अहिले ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । पछिल्लो नयाँ भाइरस ओमिक्रोनको संक्रमण देखा परेपछि बेलायत सरकारले बुस्टर डोजलाई थप तीव्रता दिएको छ । बुस्टर डोज नयाँ भाइरसको लागि पनि प्रभावकारी हुने बीबीसीले जनाएको छ ।
बेलायतमा हालसम्म एक करोड ९४ लाख ३६ हजार ८८५ जनाले बुस्टर डोज लिइसकेका छन्। दैनिक ४ लाख भन्दा बढीले उक्त खोप लिइरहेको सरकारी तथ्यांकमा उल्लेख छ ।
यसैगरी पाँच करोड १० लाख ४६ हजार १३३ जना अर्थात ८८.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६४ लाख ६२ हजार ६३८ जना अर्थात ८०.८ प्रतिशतले खोपको दोस्रो डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार
-
LIVE UPDATES : काठमाडौँमा एकैदिन दुई पक्षको प्रदर्शन, सबै अपडेट रातोपाटीमा
-
राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार
-
टेस्लाको कारमा आगो लगाएको आरोपमा अमेरिकामा एक जना पक्राउ
-
कुलमान र हितेन्द्रको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी
-
गर्भवती महिलाको पेटबाट निकालियो कैँची, १७ वर्ष अघिको घटनासँग थियो साइनो