शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एआईजी पोखरेल सुटुक्क भारततर्फ

शनिबार, १८ मङ्सिर २०७८, ०९ : २३
शनिबार, १८ मङ्सिर २०७८

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन् । बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन् ।

झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

आईजीपी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनको अवकाशपछि आईजीपी बन्न विश्वराज पोखरेल र सहकुल थापाको बिचमा प्रतिस्पर्धा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप