बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर

शनिबार, १८ मङ्सिर २०७८, ०८ : १८
शनिबार, १८ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको छ । 

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३६ रुपैयाँ २५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ ११ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६१ पैसा र बिक्री दर ८५ रुपैयाँ ०४ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७२ पैसा र बिक्री दर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप