शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

शनिबार, १८ मङ्सिर २०७८, ०७ : ४१
शनिबार, १८ मङ्सिर २०७८

भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

उनका अनुसार सरकार जिटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्रवक्ता सञ्जेलले पत्र स्वीकृत भएपछि दुई देशबीच छिट्टै हस्ताक्षर हुनेछ । बर्सेनि हुने मलको हाहाकार रोक्नका लागि मन्त्रालयले अन्य देशसँग मल खरिद गर्ने पहल थालेको छ । बङ्गलादेश, चीन, ओमन, मोराकोलगायतका देशसँग सम्झौता गरेर मल ल्याउने पहल थालिएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमार्फत ती देशलाई पत्रचार गरिएको छ तर हालसम्म जवाफ आइसकेको छैन । गत भदौमा कृषि मन्त्रालयका तत्कालीन सचिव डा. कृष्णप्रसाद आचार्य नेतृत्वको एक टोली भारतको दिल्ली गएर जीटुजीमार्फत मल ल्याउने विषय टुङ्गो लगाएर आएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप