शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफूविरुद्ध टिप्पणी गरेपछि रेखा थापाले पनि फर्काइन् कमल थापालाई कडा जवाफ

शुक्रबार, १७ मङ्सिर २०७८, २२ : १९
शुक्रबार, १७ मङ्सिर २०७८

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले पनि थापालाई कडा जवाफ फर्काएकी छिन् ।  थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक गरेकी हुन् । 

उनले सो भिडियो क्लिप सार्वजनिक गर्दै भनेकी छिन्, ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् । यसअघि कमल थापाले रेखा गणतन्त्रवादी भएको भन्दै उनलाई हिन्दुवादी पार्टीमा ठाउँ नरहेको आशय दिने भिडियो क्लिप राखेका थिए । 

रेखा थापाले पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । आफू विरोधी खेमाबाट रेखाले उम्मेदवारी दिएपछि थापा र रेखा एकअर्काविरुद्ध उत्रिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप