शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता केके मेनन नेपालमा

शुक्रबार, १७ मङ्सिर २०७८, २२ : १०
शुक्रबार, १७ मङ्सिर २०७८

बलिउड अभिनेता केके मेनन नेपाल आएका छन् । मेनन शुक्रबार १२ : ३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी वेब सिरिज ‘फेक’ सुटिङका लागि उनी नेपाल आएका हुन् ।

कृष्णदशारा कोथापालीको निर्देशन रहने ‘फेक’ को शनिबारबाट काठमाडौँमा सुटिङ सुरु हुँदैछ । यसै सुटिङका लागि दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी शनिबार काठमाडौँ आउँने सिरिज सुटिङका नेपाल ब्यवस्थापन जिम्मा लिने थ्री ह्विलर्स प्रालिका अध्यक्ष सुरज आचार्यले जानकारी दिए ।

४ दिन नेपाल छायांकन सेड्युल रहेको सिरिजको सुटिङ त्रिभुवन विमानस्थल र बसन्तपुर क्षेत्रमा हुनेछ । केही अगाडि बलिउड फिल्म ‘उचाइ’ पनि छायाँकनको लागि नेपाल आएको थियो । यो फिल्मको व्यवस्थापन समेत थ्री ह्विलर्स प्रालिले गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप