राप्रपा महाधिवेशन : २६६ जनाले गराए उम्मेदवारी दर्ता (नामावलीसहित)
राप्रपाको एकता महाधिवेशनमा २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी उपाध्यक्ष र महामन्त्रीमा गरी १४ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष र महामन्त्रीमा एक महिला निर्वाचित गर्ने व्यवस्था समेत गरिएको छ । निर्वाचनबाट उपाध्यक्ष ४ र महामन्त्री ३ जना निर्वाचित हुन्छन् । निर्वाचनबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।
यसैबीच उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् । शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान हुने बताइएको छ । मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशन जारी छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण