शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा महाधिवेशन : २६६ जनाले गराए उम्मेदवारी दर्ता (नामावलीसहित)

शुक्रबार, १७ मङ्सिर २०७८, २२ : ०६
शुक्रबार, १७ मङ्सिर २०७८

राप्रपाको एकता महाधिवेशनमा २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी उपाध्यक्ष र महामन्त्रीमा गरी १४ जनाको उम्मेदवारी परेको छ । 
उपाध्यक्ष र महामन्त्रीमा एक महिला निर्वाचित गर्ने व्यवस्था समेत गरिएको छ । निर्वाचनबाट उपाध्यक्ष ४ र महामन्त्री ३ जना निर्वाचित हुन्छन् । निर्वाचनबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

यसैबीच उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् । शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ । 

निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान हुने बताइएको छ ।  मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशन जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप