शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

२० वर्ष लामो प्रेमपछि गाउँकै युवकसँग प्रदेश सांसद यादवले गरिन् अन्तरजातीय विवाह

शुक्रबार, १७ मङ्सिर २०७८, २० : ३७
शुक्रबार, १७ मङ्सिर २०७८

नेकपा एकीकृत समाजवादीको २ नम्बर प्रदेशसभा सदस्य मञ्जु यादवले अन्तरजातीय प्रेम विवाह गरेकी छन् । महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार उनले विवाह गरेकी हुन् ।

दुवै जोडी एउटै नगरपालिकाका हुन् । बेहुला ठाकुर हरिणमरी गाउँका हुन् भने बेहुली प्रदेश सांसद यादव अजगेवा गाउँकी हुन् । निकटस्थका अनुसार विद्यार्थीकालदेखि नै मञ्जु र सूर्यनारायणले एकअर्कालाई मनपराएका थिए । उमेरले प्रदेश सांसद करिब ३५ वर्ष पुगे पनि घरपरिवारमा विवाहका लागि राजीखुसी नहुँदा उनीहरुको विवाह हुन सकेको थिएन । तर प्रदेश सांसद यादवले २० वर्षपछि प्रेमलाई मुर्तरुप दिँदै विवाह गरेकी हुन् ।

०५८ सालमा जनकपुरधाम स्थित राराब क्याम्पसमा दुवै जना पढ्दै गर्दा आपसमा प्रेम बसेको थियो । प्रेम बसेको लामो समय पछि अन्ततः घरपरिवारकै सहमतिमा उनीहरुले विवाह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप