बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

रोगका कारण अपाङ्गता भएका नागरिकलाई पुनर्स्थापना गर्न समस्या

शुक्रबार, १७ मङ्सिर २०७८, २० : ३१
शुक्रबार, १७ मङ्सिर २०७८

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले अपाङ्गता भएका व्यक्तिले अन्य नागरिक सरह स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो जोड दिइएको हो ।

‘हाम्रो प्राथमिकता आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मुल नाराका साथ मनाइएको कार्यक्रममा अपाङ्गता भएका नागरिकमध्ये ८० प्रतिशत पुनर्स्थापना सेवा पहुँचभन्दा बाहिर रहेको शाखाका प्रमुख डा. रविन्द्र बास्कोटाले जानकारी दिए । यस्तै, ६४.८ प्रतिशत अपाङ्ग नागरिक स्वास्थ्य सूचनामा पहुँच नभएको पाइएको उनले सुनाए ।

नेपालमा ५ लाख अपाङ्ग नागरिक छन्, जसमध्ये ३६ प्रतिशत शारीरिक अपाङ्ग छन् । डा. बास्कोटाका अनुसार सरुवा रोगबाट नसर्ने रोगको व्यापकता बढ्दै गएको कारण अपाङ्गता भएका नागरिकको संख्या वृद्धि भएको छ ।

रोगका कारण दीर्घकालीन अपाङ्गता भएका व्यक्तिलाई पुनर्स्थापना गर्न समस्या भएको उनले बताए । यस्तै   अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका लागि पर्याप्त जनशक्ति र बजेटको कमी रहेको समेत उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप