बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा डुबेर बालिकाको मृत्यु

शुक्रबार, १७ मङ्सिर २०७८, २० : ०२
शुक्रबार, १७ मङ्सिर २०७८

कपिलवस्तुमा खाल्डोमा जमेको पानीमा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित इँटाभट्टामा काम गर्ने कैलाली जोशीपुर गाउँपालिका १ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृति दंगौडाको डुबेर ज्यान गएको हो ।

खेल्ने क्रममा सोही इँटाभट्टा नजिक रहेको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको  प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप