बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर भगिनी संस्था बनाउँदै चेम्बर, ढकालको नेतृत्वमा झापामा ११० औं जिल्ला नगर कार्यसमिति

शुक्रबार, १७ मङ्सिर २०७८, १८ : ४३
शुक्रबार, १७ मङ्सिर २०७८

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय  चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।

चेम्बर अफ कमर्सको पहिलो साधारणसभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेँडाई, शम्भु प्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भए ।

पहिलो साधरणसभालाई उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भरमुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उनको भनाई छ ।

अध्यक्ष मल्लले भने, ‘अहिले पनि ३० प्रतिशत बाँझो जमिन छ सरकारले बजेटमा पनि जनिम बाँझो नराख्ने भनेर भनिरहेको छ । स्थानीय प्रशासनसंग सहकार्य गरि कृषि उपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्बर स्थानीय व्यवसायीसंग सहकार्य गर्न तयार छ ।’ मुलुकमा कृषिको आधुनिकीकरण र प्रविधिमा लगानी भित्र्याएर तिव्र आर्थिक विकास गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक रहेको भन्दै अध्यक्ष मल्लले पूँजिगत खर्च बढ्ने हो भने तरलता अभाव नहुने बताए  । केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य वैंकहरुमा स्थानान्तरण गर्दिने हो भने पनि तरलता सिर्जना हुने अध्यक्ष मल्लले बताए । एकल अंकमा व्याजदर कायम गर्ने र सिडी रेसियोलाई ९५ प्रतिशत पु¥याउनुपर्ने उनको भनाई छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाए । दमक कार्यसमिति गठन भएसंगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या १ सय १० पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप