राप्रपा महाधिवेशन : राजेन्द्र-धवलको प्यानलमा खुले विक्रम पाण्डे (तस्बिरहरु)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदानअघि शुक्रबार अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
प्यानलमा थापा र लिङ्देन पक्ष दुबैले विक्रम पाण्डेको नाम समावेश गरेको छ ।
यसैबीच शुक्रबार साँझको चुनावी र्यालीमा पाण्डे राजेन्द्र लिङ्देन–धवल शमशेर राणासँगै देखिएका छन् । उनी राजेन्द्र–धवलको पक्षमा चुनावी प्रचारप्रसारमा खटिएका हुन् ।
लिङदेनको प्यानलमा उपाध्यक्षको उम्मेदवारमा विक्रम पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा रहेका छन् ।
यस्तै कमल थापा प्यानलमा पाण्डेसहित बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षको उम्मेदवार रहेका छन् । यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
