सुदूरपश्चिममा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि
शुक्रबार, १७ मङ्सिर २०७८, १७ : ४३

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पतालमा ६ जनामा पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका तीन र बैतडीका दुई जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण मृत्यु भएको छैन् । यसअघि बिहीबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए