ad
x

सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्रद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

person explore access_timeमंसिर १७, २०७८ chat_bubble_outline0

 नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर र नारायण दत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीकाे ॐ पाटी प्यालेसमा शुक्रबार दिउँसो ३ बजेपछि बलायर र मिश्रले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका हुन्  ।


 बलायरकाे प्रस्तावकमा कञ्चनपुरका जिल्ला सभापति पदम बाेगटी र समर्थकमा डाेटी जिल्ला सभापति नरेन्द्र सिंह बसेका छन् । यस्तै मिश्रकाे  प्रस्तावकमा बैतडी जिल्ला सभापति चुरबहादुर चन्द  र समर्थनमा दार्चुलाका  सभापति ललितजंग बाेहाेरा रहेका छन् । बलायर काँग्रेस सभापति शेरबहादुर देउवा समूहबाट सभापतिकाे उम्मेदवार बनेका छन् भने मिश्रलाई वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे समर्थन छ ।



 बलयारकाे प्यानलबाट उपसभापतिमा जनक चाैधरी र लाेकराज अवस्थी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खड्का उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा गाेपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेलाई उम्मेदवार बनाइएकाे छ ।



 यस्तै मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गाेपाल गुरुङले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र   रामबहादुर शाहीले उम्मेदवारी परेकाे छ  भने सहमहामन्त्री  पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी (कुँवर) ले उम्मेदवारी दर्ता गराएका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।