इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर, ५ अर्ब ६७ करोड क्षतिपूर्ति दाबी
शुक्रबार, १७ मङ्सिर २०७८, १७ : ०३

ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काे अनुसन्धानकाे आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङ विरुद्ध मुद्दा दायर गरेको हो ।
सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङ बाट निक्षेपकर्ताहरुलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ ।
ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित