शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकी डाक्टरले भने, ‘धेरैजसो बिरामीमा दुखाई र थकानको लक्षण, आरटी पिसिआर परीक्षणमा देखिन्छ’

शुक्रबार, १७ मङ्सिर २०७८, १६ : ४२
शुक्रबार, १७ मङ्सिर २०७८

ओमिक्रोन भेरियन्टका दुईजना संक्रमित भारतमा देखिएपछि नेपालमा पनि यसको त्रास देखिएको छ । यसको लक्षण र पहिचानबारे बहस पनि सुरु भएको छ । दक्षिण अफ्रिकी सरकारलाई ओमिक्रोन भेरियन्टबारे जानकारी गराउने अफ्रिकी मेडिकल असोसिएशनकी अध्यक्ष एन्जेलिक कोएट्जीले यसबारे जानकारी दिएकी छिन् ।

कोएट्जीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिको लक्षण डेल्टा भेरियन्टभन्दा भिन्न र हल्का छन् । ओमिक्रोनमा धेरैजसो थकाई लाग्ने र टाउको दुख्ने लक्षण देखिएको छ । यसका लक्षण र पहिचानबारे थप थाहा पाउनुहोस्ः

दक्षिण अफ्रिकामा ओमिक्रोनको अनुसन्धानले के भन्छ ?

१. ओमिक्रोनद्वारा संक्रमित पाइएका व्यक्तिलाई जिउ दुख्ने, असाध्यै टाउको दुख्ने र थकाई लाग्ने हुन्छ ।

२. कसैमा गन्ध र स्वाद हराएको, नाक बन्द भएको वा ज्वरो आएको देखिएको छैन ।

३. डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनको लक्षण भिन्न र हल्का छ ।

४. ओमिक्रोन भेरियन्ट आरटी–पिसिआरमा देखिन्छ ।

कोएट्जीले पहिलो पटक दिएकी थिइन् ओमिक्रोनबारे जानकारीः

एन्जेलिक कोएट्जीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे दक्षिण अफ्रिकी सरकारलाई पहिलो पटक जानकारी दिएकी थिइन् । उनका अनुसार हालसम्मको बुझाई अनुसार र्यापिड जाँचबाट कसैलाई कोरोना भए नभएको थाहा हुन्छ । यदि कुनै बिरामीमा डेल्टा जस्तो लक्षण छैन भने उनी ओमिक्रोनद्वारा संक्रमित भएको मान्न सकिने उनले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप