शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियोमा ‘मेयर’ साप

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ५९
शुक्रबार, १७ मङ्सिर २०७८

चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी म्युजिक भिडियोमा देखिएका छन् । रामकुमार कार्की र कमला खड्का स्वर रहेको गीत ‘मुखमा मीठा पान’ को म्युजिक भिडियोमा गिरी पनि अभिनय गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकाको आसपासका स्थानमा हालै छायाँकन भएको भिडियोमा मेयर गिरीका अलवा उपमेयर, चन्द्रागिरिका बिभिन्न वडाका अध्यक्ष, सदस्यहरु लगायत स्थानीय समाजसेवीको समेत अभिनय समेटिएको छ ।

रुपेश दानीको शब्द तथा रामकुमार केसीको संगीत रहेको गीतमा आरके मिलनको संगीत संयोजन रहको छ । चन्द्रागिरि नगरपालिकाका, विभिन्न स्थानमा छायाङ्कन भएको भिडियो पत्रकार रोसन दानीको परिकल्पना बनाइएको हो ।
जेरी भण्डारीको निर्देशन, करन चैसिरको छायाङ्कन रहेको भिडियोमा चन्द्रागिरी नगरपालिकाका १५ वडाका विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल समेत समेटिएको निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप