आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ५२
शुक्रबार, १७ मङ्सिर २०७८

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ । 

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । उक्त हाइड्रो पावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । 

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । सम्झौता पत्र आदानप्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उप–व्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप