अब नेपालमै ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ हुने
![अब नेपालमै ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ हुने](https://rpcdn.ratopati.com/media/albums/cyber_vxNq3Yh1WC.jpg)
ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यताप्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाइ हुने भएको छ । कलेजले यो विषयको पढाइ युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड (युडब्लुइ) को सम्बन्धनमा शुरू गर्ने जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम शुरू गरेकोमा खुसी व्यक्त गर्दै केन्द्रीय बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महशुस गरेको बताए ।
नेपालमा एटिएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिश कलेजबाट यस क्षेत्रलाई योगदान पुर्याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे । उनले साइबर सेक्युरिटी विषय पढ्नका लागि अब विदेश जानपर्ने अवस्था आएको समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए । यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको बताउँदै उनले भने, ‘नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको छ, त्यसैले देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता छ ।
यस्ता शैक्षिक कार्यक्रमहरू मार्फत हाम्रो सुरक्षा हुनेछ र सुरक्षित डिजिटल नेपाल निर्माण गर्न मदत गर्न हामीले चाहेका छौं । साथै, यस कार्यक्रमबाट नेपाली युवाहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न ज्ञान र सीप प्राप्त गर्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती