शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ३८
शुक्रबार, १७ मङ्सिर २०७८

नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

दासको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले छन् भने केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र समर्थकमा कृष्ण बानियाँ सबुज छन् । बानियाँको प्रस्तावकमा तिर्थ लामा र समर्थकमा दुर्लभ थापा छन् ।

बानियाँ र केसीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रधानको प्यानलमा पदाधिकारीले मात्र उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले जानकारी दिए । बानियाँको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै केसी समूहबाट उपसभापतिमा मोहन बहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कञ्चनचन्द्र बादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे र जीवन डंगोलले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप