कक्षा १२ को रिजल्ट : सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर
शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ३५
नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।
रातोपाटीसँग कुरा गर्दै सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् । प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी चौधरीले १८ वर्ष कमलहरी बस्दा पढ्न पाएकी थिइनन् । उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज