सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ
सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ ।
विवाह पञ्चमीमा भारत, बंगलादेश र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् । यद्यपि पछिल्ला वर्ष कोरोना संक्रमणका कारण भक्तजनको संख्या घटेको छ ।
राम जानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजा अर्चना गर्नाले पारिवारिक सुख शान्ति र हरेक दुःखबाट मुक्ति हुने धार्मिक विश्वास छ । यहाँ सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने र सातै दिनलाई रोचक तथा भव्य बनाउने योजना रहेको जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : बालेन
-
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
-
नख्खु खोलाले बगाएर ल्याएका सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु (तस्बिरहरु)
-
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
-
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
-
डुबानमा काठमाडौँका करिडोर