टेकु अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क
शुक्रबार, १७ मङ्सिर २०७८, १५ : २१

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनलगत्तै सो अस्पतालले मंसिर १९ गतेदेखि निशुल्क सेवा सुरु गरेको हो । सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत पहिलो चरणमा टेकु अस्पतालबाट उक्त सेवा सुरु गरिएको मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले बताए ।
कोरोना भाइरसको तेस्रो लहरको हुनसक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै इमर्जेन्सी सेवा दिन लागिएको हो । निःशुल्क दिन २४ घण्टा भित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निशुल्क हुनेछ । निःशुल्क सेवा अन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधि समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?