प्रदेश २ मा काँग्रेस अधिवेशन उद्घाटनमात्र, निर्वाचन कार्यक्रम स्थगित

नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस धनुषाको लेटरप्याड प्रयोग गर्दै निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका हुन् । उनी काँग्रेस धनुषाका सचिवसमेत हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य प्राविधिक कारणले मंसिर १७ शुक्रबारका दिन स्थगित गरिएको छ ।’ प्रदेश २ को महोत्तरी र सर्लाहीमा काँग्रेसले अहिलेसम्म वडा अधिवेशन तथा पालिका अधिवेशनसम्म गर्न सकेको छैन । त्यसैले पनि प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको नेताहरु बताउँछन् ।
प्रदेश अधिवेशनमा पालिकाबाट महाधिवेशन प्रतिनिधिहरुको नाम नआउन्जेलसम्म समस्या उत्पन्न भएकाले तत्कालका लागि स्थगित गर्नुपरेको प्रदेश उपसभापतिका उम्मेदवार प्रफुल्लराज घिमिरेले बताए । उनले सबै वडा र पालिकाबाट प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको नाम आएपछि प्रदेश अधिवेशनको निर्वाचन सत्र सुरु हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा
-
लुम्बिनीमा विश्व सम्पदा सम्मेलन सुरु
-
समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति