प्रदेश २ मा काँग्रेस अधिवेशन उद्घाटनमात्र, निर्वाचन कार्यक्रम स्थगित
नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस धनुषाको लेटरप्याड प्रयोग गर्दै निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका हुन् । उनी काँग्रेस धनुषाका सचिवसमेत हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य प्राविधिक कारणले मंसिर १७ शुक्रबारका दिन स्थगित गरिएको छ ।’ प्रदेश २ को महोत्तरी र सर्लाहीमा काँग्रेसले अहिलेसम्म वडा अधिवेशन तथा पालिका अधिवेशनसम्म गर्न सकेको छैन । त्यसैले पनि प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको नेताहरु बताउँछन् ।
प्रदेश अधिवेशनमा पालिकाबाट महाधिवेशन प्रतिनिधिहरुको नाम नआउन्जेलसम्म समस्या उत्पन्न भएकाले तत्कालका लागि स्थगित गर्नुपरेको प्रदेश उपसभापतिका उम्मेदवार प्रफुल्लराज घिमिरेले बताए । उनले सबै वडा र पालिकाबाट प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको नाम आएपछि प्रदेश अधिवेशनको निर्वाचन सत्र सुरु हुने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण