राजनीतिक गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ : केपी ओली
एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।
अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाए । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए ।
‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उनले भने, 'न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ ।’
यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताए । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले मूल्याङ्कन गरेर फैसला गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच रन बनाउँदै पेभेलियन फर्किए कप्तान रोहित
-
शेरबहादुर देउवालाई एमालेको निम्तो, भने– आउँछु
-
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
इरानसँग तनाव बढेपछि आफ्ना नागरिकलाई इजरायल छाड्न अस्ट्रेलियाको आग्रह
-
सुप्रिम सहकारी प्रकरण : ओम गुरुङको पक्षमा बहस हुँदै
-
जमिन मुनी पानीको चरम दुरुपयोग र भवनको भारले भासियो चीनको आधा सहर