सानिमा बैंकको १० लाख कित्ता संस्थापन सेयर बिक्री हुँदै, क-कसले किन्न पाउछन् ?
शुक्रबार, १७ मङ्सिर २०७८, १३ : ५४
सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्री हुँदैछ । बैंकको केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् । इच्छुक संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापकले मंसिर १७ गते अर्थात शुक्रबारदेखि ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनसक्ने छन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
-
देउवाले लिए मन्त्रालयको ब्रिफिङ, अध्यादेशबारे छलफल
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त नेताहरूलाई व्यवस्थापन गर्न बनेको कार्यदलको प्रतिवेदन अन्तिम चरणमा
-
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
-
सैफमाथि ६ पटक चक्कु प्रहार, शल्यक्रिया गरियो
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको विज्ञ सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने